Comments Add Comment

ड्रिम ११ : आईपीएलको नयाँ टाइटल स्पोन्सरको कहानी र चीनसँगको कनेक्सन

४ भदौ, काठमाडौं । फ्यान्टासी गेमिङ प्ल्याटफर्म ड्रिम ११ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को टाइटल स्पोन्सर बनेको छ ।

यसअघि भिभो आईपीएलको टाइटल स्पोन्सर थियो । तर भारत–चीन सेनाबीच लद्दाखमा झडपपछि भारतमा चिनियाँ कम्पनीको विरोध बढ्न थाल्यो । त्यसपछि भिभोसँगको ४४० करोडको सम्झौता यस सिजनको लागि रद्द भयो । यसपछि आईपीएलका लागि टाइटल स्पोन्सरको खोजी र जरुरत दुवै थियो ।

आईपीएल २०२० संयुक्त अरब इमरेट्समा हुनेछ । आईपीएल-१३ को टाइटल स्पोन्सरको सम्झौता ड्रीम ११ ले साढे चार महिनाको लागि २२२ करोड बोली लगाएर हात पारेको हो । आईपीएलका चेयरम्यान बृजेश पटेलले यसको पुष्टि गरेका छन् । ड्रिम ११ ले २२२  करोड बोलीका साथ अधिकार हासिल गरेको हो ।

पहिले यस दौडमा भारतमा ठूलो औधोगिक समूह टाटासमेत समाबेस थियो । तर अन्तिममा उसले अन्तिम बोली लगाएन । यसबाहेक दुई शिक्षा कम्पनी बाइजुले २०१ करोड र अनाएकेडेमीले १७० करोडको बोली लगाएर दोस्रो र तेस्रो स्थानमा रहे ।

ड्रीम ११ को सम्झौता ३१ डिसेम्बरसम्म कायम रहनेछ । १९  सेप्टेम्बरदेखि १० नोभेम्बरको बीचमा संयुक्त अरब इमिरेट्समा खेलाइने आईपीएल टुर्नामेन्ट कुनै कारणबस नभए वा सरेमा पनि ड्रीम ११ यस सालको अन्त्यसम्म नै टाइटल स्पोन्सर रहनेछ ।

भिभोको सम्झौता रद्द हुनुको मुख्य कारण चीनसँगको सम्बन्ध थियो । तर ड्रीम ११ को समेत चीनसँग कनेक्सन रहेको बताइएको छ ।

चीनसँग कम्पनीको कनेक्सन

इन्डियन एक्सप्रेसका अनुसार ड्रीम ११ लाई चीनको ठूलो इन्टरनेट कम्पनी टेनसेन्ट होल्डिङ्गस लमिटेडबाट वित्तीय सहायता मिलिरहेको छ । सन् २०१९ मा ड्रीम ११ एक अरब डलरभन्दा ज्यादा भ्यालु भएको पहिलो भारतीय गेमिङ स्टार्टअप कम्पनी बनेको थियो ।

यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ड्रीम ११ एक भारतीय कम्पनी भएको जोड दिइरहेको छ ।

टाइम्स अफ इंडियाको अनुसार ड्रीम ११ मा चीनको टेक्नोलोजी कम्पनी टेन्सेन्टको २० देखि २५ प्रतिशत हिस्सा छ । तर हिस्सेदारीलाई सामान्य मानिएको छ र ब्राण्डलाई पनि पूर्ण रूपमा भारतीयको रूपमा प्रस्ताव गरिएको छ ।

कर्पोरेट जगतमा निगरानी राख्ने वेबसाइट वीसी सर्कलले सेप्टेम्बर २०१८ मा चिनियाँ कम्पनी टेन्सेन्टले ड्रीम ११ मा लगानी गरेको खबर सार्वजनिक गरेको थियो । जसअनुसार त्यो बेला टेन्सेटले ड्रीम ११ लाई १० करोड डलर दिएको थियो । कम्पनीको वेबसाइटका अनुसार ड्रीम स्पोर्ट्स एक स्पोर्ट टेक्नोलोजी कम्पनी हो । जोसँग  ड्रीम ११, फनकोड, ड्रीमएक्स, ड्रीमसेटगो र ड्रीमपे जस्ता ड्रीम स्पोर्ट छन् ।

यस वेबसाइटका अनुसार सन् २००८ मा यो कम्पनी बनेको थियो र २०१२ मा यसले प्रिमियम फ्यान्ट्यासी क्रिकेट सुरुवात गरेको थियो । सन् २०१४ मा एक लाख प्रयोगकर्ताको आँकडा छोएको कम्पनीलाई सन् २०१५ मा एक सिरिजको फण्डिङ मिल्यो र २०१७ मा सिरिजको फण्डिङ मिल्यो ।

धोनी हुन् ब्रान्ड एम्बास्डर

वर्ष २०१८ मा यसको युजर संख्या १.७ करोड पुग्यो । यही साल यस कम्पनीले आईसीसी पिकेएल, एफआईएद्ब र बीबीएलसँग पार्टनरसिप ग¥यो र एमएस धोनी यसको नयाँ ब्राण्ड एम्बास्डर बने । वर्ष २०१९ मा यसको युजर संख्याले सात करोडको आँकडा पार ग¥यो । यही वर्ष यो आईपीएल र आईसीसी अफिसियल खेल बन्यो ।  र वर्ष २०२० मा ड्रीम ११ लाई आईपीएलको टाइटल स्पोन्सरसिप प्राप्त भयो ।

टाइम्स अफ इन्डियाको अनुसार खासमा ड्रीम ११ ले ७१२ करोड रुपैयाँमा तीन सालको लागि बोली जितेको थियो । र अर्को वर्ष भिभो फेरि नफर्किएमा ड्रीम ११ ले नै आईपीएलको टाइटल स्पोन्सर गर्नेछ । यसपछि ड्रीम ११ ले यस वर्ष २२२ करोड रुपैयाँ दिनेछ र आगामी दुई वर्ष २४०–२४० करोड रुपैयाँ भुक्तानी गर्नेछ ।

यद्यपि यति पैसा पाउँदा पनि भारतीय क्रिकेट बोर्ड घाटामै हुनेछ । सन् २०१८ मा भिभोले पाँच वर्षको लागि आईपीएलको टाइटल स्पोनसरको लागि २,१९९ करोडमा सम्झौता गरेको थियो ।

ड्रीम ११ ले २२२ करोड खर्च गर्नेछ । यसको अर्थ बीसीसीआईलाई २१७.८० करोड कम रकम प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment