Comments Add Comment

निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा नराेकिने

थोरै कर्मचारी राखेर सेवा दिन राष्ट्र बैैंकको निर्देशन

५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पनि रेमिट्यान्स कम्पनीहरु खुला हुने भएका छन् । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले सेवा सुचारु नै राखिने भएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विदेशमा कार्यत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन पनि समसया हुने भएकाले कम्पनीहरुलाई सेवा सूचारु राख्न भनिएको जानकारी दिए ।

राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सवै मापदण्ड पालना गरेर सेवा सुचारु राख्न भनेको छ । तर कर्मचारीहरु समेत न्युनतम राखेर सेवा दिनु पर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु पनि खुला भएका छन् । बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृह मन्त्रालयले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।

तर सबै शाखा कार्यालयहरु भने खुला भएका छैनन् । सिमित शाखाहरु मात्रै खुला गरेर सेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जानकारी दिएको छ । बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment