
५ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रंक तथा डेडिकेटेड लाइनको बिलिङ टाइम अफ डे (टीओडी) मिटरको अंक अनुसार गर्न निर्देशन दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आफूखुसी बिलिङ गरको भन्दै उद्योगीले अख्तियार गुहारेका थिए । टीओडी मिटर अनुसार मात्रै शुलक असुल्न प्राधिकरण, विद्युत् नियमन आयोग र उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योगलाई मर्का नपर्ने र प्राधिरकणलाई पनि हामनी नहुने गरी शुल्क असुल्न निर्देशन दिइएको हो ।
सर्वोच्च अदातलले शिवम् सिमेन्ट लिमिटेडको हकमा २०७५ कात्तिक २० गते भएको फैसलालाई आधार मानेर अरु उद्योगहरुको हकमा समेत समान महशुल उठाउन भनेको छ । जुन फैसलाले प्राधिरकणको बोर्डले नियम विपरित डेडिकेटेड शुल्क तोकेर असारदेखि पुसससम्म दावी गरेको महसुल तिर्नुपर्ने छैन । त्यसपछिको डेडिकटेड र ट्रंक लाइनको महसुल भने उद्योगहरुले तिर्नुपर्नेछ ।
विद्युत् महशुल निर्धारण आयोगको २०७२ पुस २९ र तथा २०७३ असार १६ बैंठकको निर्णय अनुसार देशमा लोडसेडिङ अन्त्य भएको आधिकारिक घोषणा हुनु अघिको समयसम्मको डेडिकेटेड तथा ट्रंक लाईनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगहरुको प्रिमियम महसुल उठाउन अख्तियारले भनेको छ ।
सो अवधिमा खपत भएको विद्युतको परिणम एकिंन गरी निर्धारित महशुल उसुलपर गर्न अख्तियारले निर्देशन दिएको छ । टीओडी मिटरको डाटा डाउनलोड गरेर प्राप्त तथ्यांकलाई आधार बनाएर बिलिङ गरिनुपर्ने अख्तियारले बताएको छ ।
प्रतिक्रिया 4