+
+

सर्लाहीमा निषेधाज्ञाको म्याद एक साता थपियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १६:१३

७ भदौ, जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थप गरिएको छ ।

अब जिल्लामा आगामी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पछिल्लो पटक साउन ३२ साउनदेखि भदौ ७ गतेसम्म र त्यसअघि साउन २६ गतेदेखि ३२ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?