+
+

अब नागरिक लगानी कोषका विभिन्न भुक्तानी अनलाइनबाटै

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते २०:४७

७ भदौ, काठमाडौं । नागरिक लगानी कोषले उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआइ) मा अप्रत्यक्ष सदस्यका रुपमा आबद्ध भएको छ ।

यस आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तीय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्नेछ ।

भुक्तानी प्राप्त गर्नका लागि लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनु पर्दछ । कोषले हालै आफ्नो नयाँ कोर सिस्टम लागू गरेको उल्लेख गर्दै एनपीआइमा आबद्ध भई भुक्तानी कारोबारहरु स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको जानकारी दिएको छ । कोषले हालको लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत सुरुवात गरेको छ भने क्रमश कोषले विभिन्न योजनाहरु अन्तर्गत व्यतिmगत तथा संस्थाहरु मार्फत संकलन गर्ने भुक्तानी रकम पनि सोझै आफ्नो तोकिएको बैंक खातामा प्राप्त गर्ने बताइएको छ ।

कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा गत श्रावण मसान्तसम्म कनेक्ट आइपीएस मार्फत ने.रु.४४.७ करोड बराबरको ६,५०० भन्दा बढी कर्जा भुक्तानीहरुको संकलन भइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?