Comments Add Comment

फिलिपिन्सको जोलोमा विष्फोट, कम्तीमा १४ जनाको मृत्यु

९ भदौ, काठमाडौं । फिलिपिन्सको दक्षिणी प्रान्त सोलुमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् ।

एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन् । घाइते हुनेमा २७ सुरक्षाकर्मी र ४८ जना सर्वसाधारण रहेका छन् ।

आक्रमण चरमपन्थी इस्लामिक समूह अबु सायफ ग्रुपले गराएको आशंका गरिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आक्रमणको भर्त्सना गरेका छन् । उनले यो आक्रमण यस वर्षकै सबैभन्दा नराम्रो घटना भएको बताएका छन् । अहिले अधिकारीहरुले यो घटनाको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । पछिल्लो केही वर्षयता फिलिपिन्सको दक्षिणी क्षेत्रमा इस्लामिक चरमपन्थी समूहले निरन्तर आक्रमण गर्दै आएको छ ।

अबु सायफ दक्षिणी फिलिपिन्सको सानो र सबैभन्दा हिंस्रक चरमपन्थी समूह हो । यसको सम्बन्ध इस्लामिक स्टेट (आईएस)सँग रहेको छ । अबु सायफका नेतालाई यस महिनाको शुरुमा पक्राउ गरेसँगै त्यसैको बदलामा यो समूहले आक्रमण गरेको हुन सक्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment