
आजकाल मेरो परिचय फेरिएको छ। मेरो नाम , इज्जत अनि मान सबै हराएको छ । म यो सामाज अनि देशको संक्रणकारी भनेर चिनिएको छु । लाग्दै छ म कोरोना पोजेटिभ भएर ठूलै अपराध गरे, लाग्दै छ कि मेरो शरीरमा आत्मघाती बम नै छ र यो बम जति बेला पनि पड्केर समाजलाई सखापै पार्न सक्छ।
हिजोसम्म सबै मिलेर बसेको समाजमा आज एकाएक संक्रमणपछि एउटा अछुतो र फेरि कहिल्लै यो समाजमा काम नलाग्ने व्यक्तिको रूपमा प्रचारित हुँदैछु म । सबैभन्दा पहिलो कुरा हामी आफू रोगसङ्ग लड्न सक्ने क्षमताको विकास अनि अपनाउनुपर्ने सावधानी सबैलाई बिर्सेर यो संक्रमणलाई अनावश्यक अतिरञ्जित बनाउन तल्लिन छौं ।
मानौ कि ठूलै युद्ध हुँदैछ, अनि अर्कोतर्फ एकपटक नेगेटिभ रेपोर्ट आयो भन्दैमा अब कहिल्लै लाग्दैन जसरी हिँडेका छौं । के यहि हो हाम्रो चेतना ? तपाईं जहिले तयारी मानसिकतामा बस्नु, मलाई जहिले पनि संक्रमण हुन सक्छ । यो भ्रममा कहिले नपर्नु कि हस्पिटलबाट फर्किँदा पनि पोजेटिभ हुन सक्छ।
म एउटा संक्रमित भएर के भन्छु भने मलाई यो संक्रमण देखिएको अर्थात् टेस्ट गराएको दश दिन पूरा भयो तर लागेको कतिदिन भयो भन्न सक्दिन । त्यसैले ममा खासै त्यस्तो अप्ठ्यारो पार्ने कुनै लक्षणसमेत देखिएको छैन । लक्षण नै नभएको कति यस्ता व्यक्तिहरू होलान < म त कुनै लक्षणविना नै कार्यलयबाट सबै जनाको टेस्ट गर्दा भेटिएको संक्रमित हुँ ।
टेस्ट नै नगरी पनि कति व्यक्तिहरू निको नै भाको पनि होलान् । मेरो अनुभवले के भन्दै छ भने आम मान्छेहरूले केके नै हो जस्तो गरेर हल्ला गरेको जस्तो कुनै किसिमको असर ममा छैन । आत्मबल आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता , तातोपानी , कागती पानी, सुपहरू प्रोटिनयुक्त झोल तथा ठोस कुराहरु, शारीरिक व्यायामबाट यो रोगलाई सजिलै जित्न सकिन्छ । तर कुनै दीर्घरोगहरूको औषधि खाइरहनुभएको छ भने अलिक धेरै संयमित अनि हस्पिटलसम्मको साहारा लिनु पर्नसक्छ होइन भने यो संक्रमणलाई घरमै बसेर सजिलै जित्न सकिन्छ।
त्यसैले लागि हाल्यो भन्दैमा कति पनि आत्तिनु जरुरी छैन। आजसम्म हुँदै आएको अत्यधिक प्रचारले तपाईंहरू सबैजनाको मानसिक स्थिति एकदम कमजोर बनाएको छ । एक रति पनि चिन्ता नलिनु यसलाई यहाँहरूले सोचेकोभन्दा धेरै सजिलै जित्न सकिन्छ।तर मेरो सम्पूर्णमा के अनुरोध छ भने सामाजिक दुरी, मास्क, साबुन पानी, सेनिटाइजर अनि घरको सरसफाइमा अत्यधिक ध्यानदिनु जरुरी छ ।
कोरोनाको संक्रमणबाट बच्न अपनाउने सावधानीबाट अन्य धेरै रोगहरूबाट पनि बच्न अत्यधिक मद्दत मिल्छ। हामीले यो कोरोनाभन्दा कैयौं भाइरसहरू हामीले जितिसकेका छौं । हामीलाई यो रोग नौंलो भएर मात्र भयावह लागेको मात्रै हो हामी सबै निश्चिन्त हौं, प्रचारप्रसार गरिएजस्तो डरलाग्दो यो संक्रमण होइन, आत्मविश्वास र मानसिक स्थितिलाई बालियो बनाऔं, सजिलै कोरोना जितिन्छ ।
प्रतिक्रिया 4