Comments Add Comment

कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ । महोत्तरीका चार बषर्ीया बालिकासहित दुई जना र चितवन, रुपन्देही, गोरखा, पर्सा र झापाका एक-एक जनाको मृत्यु भएको हो ।

  • भरतपुर-६, चितवनका ७८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । २ भदौमा संक्रमण पुष्टि भएका उनको आईसीयूसहित भेल्टिलेटरमा उपचार भइरहेको थियो ।
  • मनरा सिस्वा नगरपालिका-४ महोत्तरीकी ४ वर्षीया बालिकाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उच्च ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल लगिएकी उनलाई संक्रमण पुष्टि भएको थियो ।
  • मनरा सिस्वा नगरपालिका-४ महोत्तरीका ३५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि १० भदौमा काठमाडौं ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । उनी हेल्थ असिस्टेन्टसमेत भएको खुलेको छ ।
  • तिलोत्तमा नगरपालिका-५, रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिइन् । आइतबार साँझ स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
  • वीरगञ्ज महानगरपालिका-२४, पर्साका ८० वर्षीय पुरुषको कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयरमा सोमबार दिउँसो मृत्यु भएको छ । १३ भदौमा नारायणी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि आईसीयूमा सारिएको थियो ।
  • आरुघाट गाउँपालिका-४ गोरखाकी ६५ वर्षीया महिलाको वीरेन्द्र सैनिक अस्पतालमा मत्यु भएको छ । ४ भदौमा अस्पताल भर्ना भएकी उनलाई १३ गते संक्रमण पुष्टि भएको थियो र त्यसै दिन मृत्यु भएको हो ।
  • झापाका ८६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment