+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदैन : प्रजिअ दाहाल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १५:१७

१६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले अनलाइनखबरलाई बताए ।

हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, दाहालले भने, ‘यद्यपि, निषेधाज्ञाबारे निर्णय बुधबार मात्रै हुनेछ ।’

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन प्रमुख जिल्ला अधिकारीले एक साता निषेधाज्ञाको आदेश जारी गरेका थिए । तर, १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

अनलाइन होमडेलिभरी सेवाको विषयमा पनि बुधबार निर्णय हुने एक अधिकारीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?