Comments Add Comment

ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

१६ भदौं, काठमाडौं । भक्तपुर जिल्ला अदालतको भवन निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ठेक्का प्रक्रियामा सहभागी हुन चाहेका १० वटा आवेदकहरुलाई प्रतिष्पर्धा नगराई ठेक्का लगाइएको र त्यहाँ अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

सबैलाई सहभागी गराएर प्रतिष्पर्धा नगराई एक कम्पनीलाई ठेक्का दिएर राज्यलाई ठूलो धनराशी नोक्सानी भएको भन्दै छानवीन गरी संलग्न माथि काराबाही गर्न माग गर्दै उजुरी परेको अख्तियार श्रोतले बताएको छ ।

उजुरीमा राज्यलाई ४० करोड रुपैयाँ नोक्सानी भएको दावी गरिएको छ । अख्तियार श्रोतका अनुसार अदालतको नयाँ भवन बनाउका लागि भन्दै गोरखापत्रमा प्रकाशित सूचनापछि जीआईटीसी-सप्तकोशी जेभी, कुमार श्रेष्ठ-बन्धन भागवती-जीजीपीडी जेभी, सिम्प्लेक्स-रविना जेभी, केसी-शर्मा-समानान्तर जेभीसहित १० वटाले बोलकवोलमा सहभागीताका लागि आवेदन दिएका दिए ।

९ आवेदकहरुसँग विदेशी कम्पनी ज्वाइन्ट भेन्चर थिए । उनीहरुले बुझाएको कागजात प्रमाणित कपी बुझाएको भए पनि सक्कल पेश नगरेको भन्दै पहिलो चरणबाट अन्य कम्पनीलाई निकालेर केसी-शर्मा-समानान्तरलाई ठेक्का दिइएको उजुरीमा उल्लेख छ ।  ठेक्का पाउने समानान्तर कम्पनीका सञ्चालक अच्युतप्रसाद खरेल हुन् ।

यो प्रकरणमा अदालतकै कर्मचारीहरु संलग्न रहेको दावी गर्दै दोषिमाथि कारबाही गर्न भनिएको अख्तियार श्रोतले बताएको छ । भवन निर्माणका लागि १ अर्ब ३७ करोड ४३ लाख ६२ हजार ५ सय (भ्याटसहित) मूल्यांकन गरिएको थियो । तर उक्त कम्पनीले ०.५ प्रतिशत कममा मात्रै ठेक्का पाएको छ ।

आवेदन दिनेहरु मध्ये केहीले २५ प्रतिशतसम्म कममा भवन बनाउने कवुल गरेका थिए । तर, ज्वाइन्ट भेन्चरमा रहेका कम्पनीहरुको राजदूतावासबाट चिठ्ठी नआएको भन्दै कसैलाई प्रतिष्पर्धा नगराई केसी-शर्मा-समानान्तर जेभीलाई ठेक्का दिइएको आरोप लगाइएको छ । २५ प्रतिशत कममा ठेक्का लाग्दा राज्यलाई करोडौं फाइदा हुने थियो ।

तर, अन्य कम कवुल गर्ने कम्पनीहरु हुँदाहुँदै पनि सेटिङ मिलाएर थोरै प्रतिशतमात्रै घटाउनेलाई ठेक्का दिएपछि राज्यलाई ४० करोड रकम नोक्सानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment