+

अमेरिका भर्सेस् पाराग्वे : यी खेलाडी, जो विपक्षीलाई बन्न सक्छन् घातक

२०८३ जेठ  २९ गते २२:४९ २०८३ जेठ २९ गते २२:४९
अमेरिका भर्सेस् पाराग्वे : यी खेलाडी, जो विपक्षीलाई बन्न सक्छन् घातक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत आयोजक अमेरिका र पाराग्वेबीच लस एन्जलसमा बिहान पौने ६ बजे खेल शुरू हुँदैछ ।
  • घरेलु टोली अमेरिकाका लागि फरवार्ड क्रिसचियन पुलिसिक, मिडफिल्डर वेस्टन म्याकेनी र डिफेन्डर क्रिस रिचड्र्स मुख्य खेलाडीका रूपमा हेरिएका छन् ।
  • १६ वर्षपछि विश्वकप खेल्न लागेको पाराग्वेका तीव्र गतिका विङ्गर मिगुएल आल्मिरोन र डिफेन्डर गुस्ताभो गोमेज घातक बन्न सक्छन् ।

२९ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्दैछन् । समूह ‘डी’ अन्तर्गतको उक्त खेल अमेरिकाको लस एन्जल स्टेडियममा बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

१६ वर्षपछि विश्वकप खेल्ने लागेको पाराग्वे पहिलो खेलमै घरेलु टोलीलाई स्तब्ध पार्न चाहन्छ । अमेरिका भने घरेलु मैदानमा सुखद सुरुवात गर्ने पक्षमा छ । यो लेखमा हामी विपक्षीलाई घातक बन्न सक्ने खेलाडीको चर्चा गर्नेछौं ।

अमेरिका

क्रिसचियन पुलिसिक (फरवार्ड) : अमेरिकी टोलीका मुख्य रचनात्मक खेलाडीमध्ये पर्ने खेलाडी हुन्, पुलिसिक । उनी पाराग्वेका लागि घातक बन्न सक्ने खेलाडी हुन् । विपक्षी डिफेन्डरहरूलाई छक्याउँदै बल अगाडि बढाउन, गोल गर्न र आफ्ना साथीहरूलाई गोल गर्ने पास मिलाउन उनी खप्पिस छन् । उनी टोलीका सबैभन्दा भरपर्दा खेलाडी हुन् ।

वेस्टन म्याकेनी (मिडफिल्डर) : एक शक्तिशाली मिडफिल्डरको रुपमा परिचित छन् वेस्टन । जसले खेलको गति नियन्त्रण गर्छन् र विपक्षीका आक्रमणहरूलाई विफल पार्न सक्छन् ।

टायलर एडम्स (डिफेन्सिभ मिडफिल्डर) : टायलर अमेरिकी मिडफिल्डका मुख्य खम्बा हुन । जो पाराग्वेको खतरनाक काउन्टर अट्याकलाई निस्तेज पार्नका लागि महत्त्वपूर्ण हुनेछन् ।

क्रिस रिचड्र्स (सेन्टर ब्याक) : क्रिस गोलीगाँठोको चोटपछि पूर्ण प्रशिक्षणमा फर्किएका छन् । प्रतियोगितामा बलियो सुरुवात गर्न खोजिरहेको अमेरिकी रक्षापङ्क्तिका लागि उनको उपस्थिति एउटा ठूलो राहत र ऊर्जा हो । उनी विपक्षी स्ट्राइकरहरूलाई गोलपोस्टको नजिक आउन नदिन र अमेरिकी रक्षापङ्क्तिलाई कडा र सङ्गठित राख्न महत्वपूर्ण छन् ।

पाराग्वे

मिगुएल आल्मिरोन (विङ्गर) : उनी पाराग्वे टोलीका सबैभन्दा अनुभवी र तीव्र गतिका खेलाडी हुन् । विपक्षी टोलीले आक्रमण गरिरहेका बेला अचानक बल खोसेर काउन्टर अट्याक गर्न र उत्कृष्ट फिनिसिङका साथ गोल गर्न उनी माहिर छन् ।

गुस्ताभो गोमेज (सेन्टर—ब्याक) : एक अग्ला र अनुभवी डिफेन्डर गुस्ताभो आफ्नो बलियो र रक्षात्मक शैलीका लागि चिनिने रक्षापङ्क्तिको नेतृत्व गर्छन् ।

दिएगो गोमेज (मिडफिल्डर) : उनी २३ वर्षका निकै रचनात्मक खेलाडी हुन् । मैदानको बीचभागमा बसेर खेलको रणनीति बुन्ने, बललाई नियन्त्रणमा राख्ने र अग्रपङ्क्तिका खेलाडीहरूलाई गोल गर्ने पास मिलाइदिने काम यिनले गर्छन् ।

आन्द्रेस कुबास (डिफेन्सिभ मिडफिल्डर) : उनी अमेरिकी व्यावसायिक लिगमा खेल्ने हुनाले अमेरिकी खेलाडीहरूको खेल शैली राम्रोसँग बुझ्छन् । उनको मुख्य काम अमेरिकी टोलीका खेलाडीहरूलाई मैदानको बीचभागमा खुलेर खेल्न नदिनु र उनीहरूको आक्रमणको लयलाई बिगारदिनु हुनेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय