Comments Add Comment

फुटबलर एरिक कोरोनामुक्त

१७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्याम्पका लागि छनोट भएका फुटबलर एरिक विष्ट कोरोनामुक्त भएका छन् ।

साउन अन्तिमा अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रशिक्षण गर्नुअघि कोरोना परीक्षण गर्दा एरिकलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसको दुई साता र केही दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । एनआरटीबाट ए डिभिजन लिग खेलेका मिडफिल्डर एरिकले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफू कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् ।

एरिक कोरोना पोजेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेका थिए । उनले क्वारेन्टिनमा बस्नु कठिन भएको र आफूलाई कोरोना संक्रमण देखिएपछि आएको विभिन्न प्रतिक्रियाले भने नराम्रो लागेको लेखेका छन् ।

साथै उनले आफ्नो अनुभवपछि कोरोना संक्रमण हुनेहरुलाई सपोर्ट गर्नुपर्ने समेत उल्लेख गरेका छन् । यस्तै उनले यो अवधिमा आफूले अझ बलियो हुन सिकेको उल्लेखेका छन् ।

पछिल्लो पटक कोरोना संङ्क्रमणको दर बढिरहेको छ र खेलकुद क्षेत्रमा पनि कोरोना संङ्क्रमण देखिन थालेको छ ।

यसअघि स्क्वास प्रशिक्षक हिरा थापा पनि कोरोनामुक्त भएका थिए । विभागीय टोली एपीएफका खेलाडी र अफिसियलसहित ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment