+
+
Shares

११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १६:२६

१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

उनीहरुमध्ये २५१ जनाको मृत्यु भएको छ भने २३ हजार २९० कोरोनामुक्त भएका छन् । उनीहरुमध्ये १११२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सुनसरीका ७३ जना, धनुषाका ६३, मोरङका ५३, सर्लाहीका ५०, पर्साका ४९, चितवनका ४२, बाँकेका ४१, जुम्लाका ३७, महोत्तरीका ३१, रुपन्देहीका २७, कास्कीका २४, बाराका २३, कालीकोटका २१, लमजुङका १९, रौतहटका १८, नवलपुरका १६, सिराहाका १५, कैलालीका १३, झापाका ११ र बझाङका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका ६ जना, बर्दियाका ५, तनहुँका ४ जना, भोजपुर, नवलपुर र कञ्चनपुरका ३/३ जना, ओखलढुंगा, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप र प्युठानका २/२ जना तथा उलयपुर, खोटाङ, पाँचथर, काभ्रे, नुवाकोट सिन्धुली, गोरखा, पर्वत, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रोल्पा, दैलेख, अछाम, डडेलधुरा र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?