Comments Add Comment

राजीनामा दिने मन्त्री खतिवडाको घोषणा

१९ भदौ, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले अपरान्हसम्म राजीनामा दिने बताइएको छ ।

मन्त्रिपरिषद बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टीमा यति ठूलो बहस भइसकेपछि खतिवडाले नै राष्ट्रियसभा सदस्यमा आउने इच्छा व्यक्त नगरेको बताए । ‘यदि उहाँले इच्छा राखेको भए मैले अडान लिन्थेँ’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले  भने ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा रहेर गरेको कामप्रति खतिवडालाई धन्यवाद पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment