+
+

कास्कीमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १७:५१

२३ भदौ, पोखरा । पोखरमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रको आईसीयुमा उपचारत एक वृद्धाको मंगलबार मृत्यु भएको हो ।

पोखरा-१० की ७३ वर्षीया महिलाको मृत्यु भएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

स्वास्थ्य समस्या देखिएपछि उनको पोखराकै मेडिप्लस अस्पतालमा उपचार भइरहेको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाब लिइएको र रिपोर्ट पोजेटिभ आएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो ।

यससँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ पुगेको छ । गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?