+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन : निजी प्रयोगशाला

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १८:२४
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । निजी प्रयोगशालाहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँमा नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न नसकिने जनाएको छ ।

दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँ भन्दा बढी पर्ने उनीहरूको दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर दुई हजार निर्धारण गरेको थियो । यो दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ ।

१४ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले तोकेको दुई हजार शूल्कमा कोरोना परीक्षणको ल्याब खर्च नउठ्ने देखिएकाले पुरानै शूल्क रु.४४ सयमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गर्दै दुई हजारमा परीक्षण गराउन नसक्ने कुरा जानकारी गराउँदछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?