+
+

विराटनगरका मेयर क्वारेन्टिनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १८:५५

२९ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

विराटनगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल र मेयर पराजुलीका सवारी चालकलाई संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिन बसेका हुन ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई आइतबार र मेयर पराजुलीका सवारी चालकलाई सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको क्लोज कन्ट्याक्टमा परेका कारण जैन भवन क्वारेन्टिनमा बसेको मेयर पराजुलीले बताए ।

समुदाय स्तरमा संक्रमण देखिएको विराटनगरमा एक हजार ४८६ जनालाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?