
३० भदौ, काठमाडौं । युरोपको अधिकांश क्षेत्रका बालबालिकाहरु विद्यालय जान शुरु गरेका छन् । तर, विश्वका अन्य मुलुकमा भने कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण विद्यालय बन्द छन् । महामारीको अवस्थामा दक्षिण एसियाली मुलुकमा पढाइको अवस्था कस्तो छ त ?
विद्यालय को-को गएका छैनन् विद्यालय ?
कोरोना भाइरसको प्रतिबन्धको सबैभन्दा पहिला मार्च र अप्रिलमा लगाइएको थियो । त्यतिबेला दक्षिण एसियाका धेरै मुलुकमा शैक्षिक सत्र शुरु भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म विद्यालय बन्द छन् ।
- भारतमा अधिकांश पढाइ बन्द छ । सरकारले नौ कक्षादेखि १२ सम्मका विद्यार्थीहरुलाई आफ्ना अभिभावकको अनुमति लिएर २१ सेप्टेम्बरपछि विद्यार्थी स्वेच्छिकरुपमा विद्यालय जान सक्ने निर्णय गरेको छ ।
- नेपाल र बंगलादेशमा पनि विद्यालय बन्द राख्ने निर्णय गरिएको छ ।
- श्रीलंकामा अगष्टमा विद्यालय खोलिएको थियो तर पुनः संक्रमण बढेसँगै पुनः विद्यालयहरु बन्द गरिएको थियो
- पाकिस्तानमा चरणबद्ध रुपमा विद्यालय खोल्ने योजना अघि सारिएको छ । यससँगै मंगलबारदेखि कक्षा शुरु हुन थाल्नेछन् ।
सबैसँग इन्टरनेट छ ?
विद्यालय नआई घरबाटै विद्यार्थीहरुलाई लाइभ अनलाइन कक्षा वा डिजिटल कन्टेन्ट उपलब्ध गराइन्छ । यसै कन्टेन्टलाई अफलाइन तथा अनलाइन कुनै पनि हिसाबमा प्रयोग पनि गर्न सकिन्छ ।
यद्यपि दक्षिण एसियाका धेरै मुलुकमा विश्वासिलो इन्टरनेट इन्प|mास्ट्रक्चरको अभाव छ । साथै गरीब परिवारको लागि इन्टरनेटको खर्च उठाउनु पनि एक समस्याको रुपमा रहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा १४ करोड ७० लाख बालबालिका अनलाइन वा घरमा नै बसेर शिक्षा लिन सकिरहेका छैनन् । भारतमा सन् २०१९ मा गरिएको एक सर्वेक्षण अनुसार केवल २४ प्रतिशत परिवारमा मात्र इन्टरनेटको सुविधा छ । ग्रामीण क्षेत्रको अवस्था झन् कमजोर छ । ग्रामीण क्षेत्रका केवल चार प्रतिशत परिवारमा इन्टरनेटको सुविधा छ ।
भारतको तुलनामा बंगलादेशमा राम्रो सञ्चारको सुविधा छ । बंगलादेशमा ६० प्रतिशत विद्यार्थीले अनलाइन कक्षा लिन सक्छन् । यहाँको इन्टरनेटको गुणस्तर तथा विद्यालयमा आधारभूत उपकरणको पनि अभाव देखिएको छ ।
नेपालमा हालै गरिएको एक सर्वेक्षणको क्रममा ३० हजार सरकारी विद्यालयमध्ये ३० प्रतिशतभन्दा कममा मात्र कम्प्युटरको सुविधा रहेको पाइएको थियो । साथै केवल १२ प्रतिशत विद्यालयले मात्र अनलाइन पढाइलाई अघि बढाइरहेको पाइएको थियो ।
केही मुलुकले इन्टरनेटबाट चल्ने डिभाइस वा ब्रोडब्याण्ड कनेक्सनको अभावको कारण टेलिभिजन र रेडियोको साहारामा पढाइ भइरहेको छ । यी प्लेटर्फमको पहुँच भने धेरै क्षेत्रमा छ । भारत र बंगलादेशको सरकारी च्यानलमा दैनिकरुपमा शैक्षिक कार्यक्रम देखाइन्छ । नेपालमा पनि यस्तै तरिकाको प्रयोग गरिएको छ तर यहाँ आधाभन्दा पनि कम परिवारसँग केबल टेलिभिजनको पहुँच छ ।
विद्यालय खोल्दा संक्रमणको जोखिम
श्रीलंकामा विद्यालय खोल्दा कुनै किसिमको भौतिक दुरी पालना गर्ने र मास्क लगाउनेजस्ता सुरक्षाको उपाय अपनाइएको थिएन । केही विद्यालयले मात्र मास्क अनिवार्य गरेका थिए ।
विद्यालयमा आधारभूत सुरक्षा व्यवस्था गर्नमा हुने समस्या विद्यालयलाई आवश्यक कोषको हो । पाकिस्तानमा पनि विद्यालय खोल्ने योजनाको विरोध भइरहेको छ । विद्यालयमा सुरक्षाको लागि आवश्यक दिशानिर्देश पालना गर्दा व्यवभार बढ्ने उनीहरुको तर्क छ ।
भारतमा पनि विद्यालय खोल्ने कुरालाई लिएर यस्तै चिन्ता छ । साथै जानकारहरु विद्यालय खुल्नेबित्तिकै अभिभावकहरु पनि काममा जान थाल्ने र यसले मानिसहरुको गतिविधि बढ्ने जोखिम रहेको बताउँछन् । महामारीको समयमा धेरै विद्यालयहरु अहिले वित्तीय समस्यामा परेका छन् । आर्थिक समस्याको कारण अहिले बंगलादेशमा एक सयभन्दा धेरै निजी विद्यालयहरु बिक्रीको क्रममा छन् ।
त्यस्तै महामारीपछि विद्यालय आउने विद्यार्थीको संख्यामा पनि उल्लेख्य गिरावट आउन सक्ने अनुमान गरिएको छ । यसअघि पनि इबोला तथा अन्य आपतकालीन अवस्थापछि शिक्षा क्षेत्रमा ठूलो नोक्सानी देखिने गरेको युनिसेफका अधिकारीहरु बताउँछन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4