+
+

‘चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि नोभेम्बरसम्म तयार हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १५:०७

३० भदौ, काठमाडौं । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नोभेम्बरसम्म चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सार्वजनिक प्रयोगका लागि तयार हुने बताएको छ ।

अहिले कोरोना भाइरसविरुद्धको चारओटा खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा छ । जसमध्ये तीनओटा खोप गत जुलाईमा ल्याइएको आपतकालीन प्रयोगको कार्यक्रम अनुसार अहिले आवश्यक कर्मचारीहरुलाई दिइएको छ ।

चीनको सीडीसीका प्रमुख बायोसेफ्टी एक्सपर्ट गुइझेन वुले स्थानीय टेलिभिजनसँग अन्तर्वार्ता दिँदै सोमबार खोप सार्वजनिक प्रयोगको लागि नोभेम्बर वा डिसेम्बरसम्ममा तयार भइसक्ने बताएकी हुन् ।

वुले अहिले परीक्षणको क्रममा रहेका खोपबाट कुनै किसिमको असामान्य लक्षण नदेखिएको बताएकी छिन् । उनले आफूले पनि गत अप्रिलमा खोप लिएको बताएकी छिन् । यद्यपि उनले कुनै पनि खोपको नाम भने उल्लेख गरेकी छैनन् ।

चीनमा आपतकालीन प्रयोगको कार्यक्रम अन्तर्गत सिनोफर्म, सिनोभ्याकले तीन खोप निर्माणको काम गरिरहेका छन् । चौथो चिनियाँ खोपको निर्माण क्यानसिनो बायोलोजिक्सले गरिररहेको छ । गत जुन महिनामा यो खोपको प्रयोगका लागि सेनाले अनुमति दिएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?