+
+
Shares

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:४७
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् ।

उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए ।

जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन् ।

यता प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्न नहुने भन्दै सर्वोच्चमा पनि २०७० ब्याचका प्रहरीले रिट पनि दायर गरेका छन् । प्रहरी ऐन, नियमावलीले नचिन्ने कोर्स गरेर प्रहरीको करिअरमै असर गर्ने हुँदा तत्काल लागू गर्न नहुने माग उनीहरूको छ ।

नेपाल प्रहरीमा पहिलो पटक २०७० को इन्सपेक्टरबो ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको छ । स्टाफ कलेज कोर्स पास नगर्नेहरू डीआईजी समेत बन्न नसक्ने बताइएको छ ।

यस्तो छ स्टाफ कलेज प्रवेश परीक्षा पास गर्नेको सूची:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?