+
+
Shares

मन्त्रालयमै जेनजी कक्ष राखेर काम गर्छौं : श्रममन्त्री

मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सिपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १६:३१
फाइल तस्वीर
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् ।

मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सिपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

‘एउटा जेनजीको सेल नै यही (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरूकै साथ र सहयोग लिएर हामीहरूले रोजगारीका लागि प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, ट्रेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरू के-के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै प्रतिनिधित्व रहने गरेर काम अगाडि बढाउँछौं,’ उनले भने ।

जेनजी सेल स्थापना गर्नका लागि आफूले निर्देशन दिएको जानकारी दिँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उनले बताए ।

उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

उनले प्रधानमन्त्रीले सुशीला कार्कीले जेनजीको भावनाअनुरूप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने बताए । आफ्नो पहिलो प्राथमिकतामा नै जेनजी हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?