१ असोज, काठमाडौं । साविक विजेता परिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा यस सिजन पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजित पिएसजीले युलियन ड्राक्सलरको इन्जुरी टाइम गोल मद्दतमा मेट्जलाई १-० ले पराजित गरेको हो ।
डिएल्लो ६५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पिएसजी १० खेलाडीमा झरेको थियो । तर ड्राक्सलरले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै पिएसजीलाई सिजनको पहिलो जित दिलाएका हुन् । अघिल्लो खेलमा रातो कार्ड पाएका नेमार यस खेलमा खेल्न पाएका थिएनन् ।
मार्सेविरुद्ध अघिल्लो खेलमा पिएसजीका नेमारसहित पिएसजीका ३ खेलाडीले रातो कार्ड पाएका थिए ।
पहिलो जितपछि ३ अंकसहित पिएसजी १५औं स्थानमा छ ।
नेमारलाई दुई खेलको प्रतिवन्ध
यस्तै फ्रान्सेली फुटबल संघले पिएसजीका फरवार्ड नेमारलाई दुई खेलको प्रतिवन्ध लगाएको छ । खेलको अन्त्यमा झगडा हुँदा पिएसजीका तीनसहित कूल ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
झगडाका बेला नेमारले मार्सेका डिफेण्डर एलारो गोन्जालोलाई गालामा पन्च हानेका थिए । फ्रेन्च फुटबल संघले घटनाको छानबिन गरिरहेको छ ।
यस्तै अरु चार खेलाडीलाई पनि प्रतिवन्ध लगाइएको छ । पिएसजीका लेविन कुर्जवालाई ६ खेलको प्रतिवन्ध लगाइएको छ ।
पिएसजीका अर्का खेलाडी लिएन्डो परेडेसलाई पनि २ खेलको प्रतिवन्ध लगाइएको छ । मार्सेका जोर्डन अभानीलाई ३ र डारियो बेनेडेट्टवलाई १ खेलको प्रतिवन्ध लगाइएको छ ।
प्रतिक्रिया 4