Comments Add Comment

मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने, जिते ९ वर्षको लडाइँ

१ असोज, काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् ।

युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल खारेज गरेको हो ।

स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो ।

युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ । यसले गर्दा युरोपियन  अदालतले सन् २०१८ मा इयुको साधारण अदालतले सुनाएको फैसलालाई समर्थन गर्‍यो र कन्फ्युजन आउनेमा फुटबलर पनि जानकार थिए ।

साइकल लुगा र सामग्रीहरु बेच्ने मास्मीले बार्सिलोनाका स्ट्राइकरको आवेदनलाई सुरुमा चुनौती दिएको थियो । तर लिओनल मेसीले जब साधारण कोर्टमा अपिल गरे र त्यसले मेसीको पक्षमा फैसला गर्‍यो त्यसपछि मास्सी हरायो ।

१० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी सबैभन्दा धेर कमाइ गर्ने फुटबलर हुन् । उनको २०२० को कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

अगस्टमा उनले आफ्नो क्लब छोड्ने मनसाय सार्वजनिक गर्दै एक फ्याक्स पठाएको विषय मुख्य हेडलाइनहरु बनेका थिए । तर जब बार्सिलोनाले उनलाई यसबारे जवाफ दिँदै क्लब छाड्का लागि ७०० मिलियन युरो क्लब तिर्नुपर्ने अडान राख्यो त्यसपछि मेसीले आफ्नो मनलाई परिवर्तन गर्दै मन पर्ने क्लबविरुद्ध अदालत जान नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment