Comments Add Comment

महामारीमा झन चर्कियो अमेरिका-चीन विवाद

काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को महामारी विश्वभर फैलिएको छ । विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ)का अनुसार सन् २०१९ को अन्तिममा पहिलो पटक देखिएको यो भाइरसबाट हालसम्म दुई करोड ९१ लाख १९ हजारभन्दाबढी मानिस संक्रमित भइसके, जसमध्ये नौ लाख २५ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

महामारी शुरु भएको साढे नौ महिनामा यसले विश्वभरको स्वास्थ्य प्रणालीमा असर त पारेको छ नै कूटनीतिक तथा राजनीतिक विवाद पनि बढाएको छ । विशेषगरी पछिल्लो समय भारत र अमेरिकाको चीनसँगको विवादले धेरै चर्चा पाएको छ ।

त्यसमा पनि अमेरिकासँग रस्साकस्सी अलि बढी देखिएको छ । सन् २०१९ को अन्तिममा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले सबैभन्दा पहिला आफ्ना नागरिकहरुलाई वुहानबाट उद्धार गर्ने निर्णय गरेको थियो । अमेरिकाको यो कदमलाई राजनीतिक पूर्वाग्रहमा भएको भन्दै चीनले आलोचना गर्‍यो ।

बिस्तारै अन्य मुलुकले पनि आफ्ना नागरिक फिर्ता लैजान थाले । त्यसपछि उसको निर्णय सही रहेछ भन्ने पुष्टि भयो । दक्षिण कोरिया, जापान र इटालीमा पनि यो भाइरस फैलिन थालेपछि चीन र अमेरिकाबीच आरोप प्रत्यारोप शुरु भयो । यसले दुई मुलुकको सम्बन्ध थप चिसियो र कोरोना नियन्त्रणका लागि सहकार्य हुन सकेन ।

चीनमा बिस्तारै कोरोना भाइरसको संक्रमण घट्दै गयो भने अमेरिकामा बढ्दै गयो । यसम्बन्ध भने तनावपूर्ण नै रह्यो, जसको कारण उनीहरुको बीचमा कुनै समन्वय हुनुको सट्टामा कसले पहिला कोरोना भाइरसविरुद्धको खोप ल्याउने र आफ्ना नागरिकलाई कसरी सुरक्षित गर्ने भन्ने ध्याउन्नमा अघि बढेका छन् ।

महामारीको अवस्था

चीन कोरोना भाइरसको कारण शुरुवातमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । डब्ल्यूएचओका अनुसार अहिलेसम्म चीनमा ९० हजार ७१८ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ७४२ पुगेको छ । अहिले दैनिक संक्रमितको संख्या ५० भन्दा कम रहँदै आएको छ भने दैनिक मृत्यु हुनेको संख्या भने शून्यको हाराहारीमा झरिसकेको छ ।

अहिले कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा भने अहिलेसम्म ६४ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने मृत्यु हुनेको संख्या पनि एक लाख ९३ हजार नाघिसकेको छ । अहिले पनि अमेरिकामा दैनिक ४० हजार नयाँ संक्रमित थपिइरहेका छन् भने झण्डै एक हजार जनाको कोरोना भाइरसको कारण मृत्यु हुने गरेको छ ।

अमेरिका-चीन विवाद

अमेरिका र भारत दुवैको चीनसँग कूटनीतिक तनाव देखिएको छ, तर तनावको मुद्दा भने फरक फरक छन् ।

सुरुमा अमेरिका-चीन विवादको कुरा गरौं । अमेरिका र चीनको विवाद चुलिएको कोरोना महामारीभन्दा अगाडि नै हो । तर संकटको बेलामा दुई देश नजिक हुनुको साटो सम्बन्ध थप चिसियो । बीबीसीका अनुसार गत मे महिनाको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुसँग चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको प्रमाण रहेको दाबी गरेका थिए । यसअघि नै उनले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै राजनीतिक नाम दिएका थिए, जसले चीनसँगको अमेरिकाको सम्बन्ध चिस्याउन सहयोग गरेको थियो ।

त्यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मार्च १२ मा गरेको ट्वीटमा भनेका छन्, ‘अमेरिकामा कति मानिसहरु संक्रमित थिए ? उनीहरु कुन अस्पतालमा थिए ? वुहानमा यो महामारी ल्याउने काम अमेरिकी सेनाको हुन सक्छ । पारदर्शी बन्नुहोस् । आफ्नो डेटा सार्वजनिक गर्नुहोस् । अमेरिकाले हामीलाई यसको जवाफ दिनु जरुरी छ ।’

यद्यपि अहिले दुवै पक्षको आरोप निराधार थियो भन्ने पुष्टि गर्दै वैज्ञानिकहरुले यो भाइरस मानवनिर्मित नरहेको बताइसकेका छन् ।

अझै पनि कोरोनाको विषयमा विवाद भने सुल्भिmएको छैन । अमेरिकाले शुरुवातमा नै चीनले विश्वलाई यो भाइरसबारे जानकारी नदिएर संक्रमण फैलिन दिएको आरोप लगाएको छ । चीन उचित समयमा भाइरस पहिचान गरेर अन्यत्र फैलिनबाट रोक्नसक्ने अवस्थामा भएपनि उसले यसो नगरेको अमेरिकाको आरोप छ ।

चीनले भने आˆनो स्थानबाट सक्दो प्रयास गरेको दाबी गरेको छ । डब्ल्यूएचओले पनि चीनले आˆनो तर्फबाट सक्दो प्रयास गरेको बताएको छ । तर अमेरिकाले भने चीनको पक्ष लिएको भन्दै डब्ल्यूएचओबाटै बाहिरिने प्रक्रिया शुरु गरिसकेको छ । उसले डब्ल्यूएचओलाई दिँदै आएको सहयोग पनि रोक्ने निर्णय गरेको छ, जसको कारण आगामी दिनमा डब्ल्यूएचओलाई आवश्यक कोषको समस्या हुनसक्ने अनुमान गरिएको छ । यद्यपि डब्ल्यूएचओले भने उपलब्ध स्रोतअनुसार आफ्नो काम निरन्तर जारी राख्ने बताइसकेको छ ।

व्यापार युद्ध

महामारीभन्दा अगाडि नै अमेरिका र चीनको बीचमा चर्किएको व्यापार तथा प्रविधि युद्धले महामारीको समयमा पनि निरन्तरता पायो । महामारीको बीचमा अमेरिकाले लोकपि्रय चिनियाँ एप टिकटक तथा वीच्याटलाई प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यसअघि नै अमेरिकाले मुलुकमा हुवावेईलाई प्रतिबन्ध लगाइसकेको थियो । अमेरिकाले चिनियाँ कम्पनीको स्वामित्वमा रहेका एपमा राष्ट्रिय सुरक्षाको चुनौती रहेको बताउँदै आएको छ । तर, उनीहरुले भने त्यसको अस्वीकार गर्दै आएका छन् । अमेरिकाले जस्तो आरोप लगाए पनि चिनियाँ कम्पनी तथा एपहरुमाथिको प्रतिबन्धको कारण यी दुई मुलुकबीच बढ्दो क्रममा रहेको कूटनीतिक तनाव हो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।

व्यापार युद्धको कारण पछिल्लो समय दुई मलुुकको व्यापारमा पनि उलेख्य कमी आएको छ । साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार सन् २०२० को पहिलो ६ महिनामा चीनमा अमेरिकाबाट हुने आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव ८ प्रतिशत घटेको छ भने अमेरिकातर्फ हुने निर्यात ११ दशमलव १ प्रतिशतले घटेको छ ।

यसअघि चीनको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९ मा पनि चीनको अमेरिकातर्फ हुने निर्यातमा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ५ प्रतिशतको गिरावट आएको थियो । त्यस्तै अमेरिकाबाट हुने आयातमा पनि सो अवधिमा २० दशमलव ९ प्रतिशतको गिरावट आएको थियो । अमेरिकाले चीनसँगको व्यापार घाटा घटाउन चीनलाई दबाब दिँदै आएको छ । व्यापारघाटाकै विषयमा कुरा मिल्न नसक्दा अहिले व्यापारयुद्धको अवस्था शुरु भएको हो । महामारीको समयमा यो मुद्दा झन् बल्भिmयो ।

मानव अधिकार

चीन र अमेरिकाको विवादमा धेरैजसो मानव अधिकारको विषय जोडिने गरेको छ । विशेषगरी सिन्चियाङमा बसोबास गर्दै आएका वीगर मुस्लिमहरुमाथि चीनले ज्यादती तथा मानव अधिकार उल्लंघनका कामहरु गर्दै आएको अमेरिकाले दाबी गर्दै आएको छ ।

न्युयोर्क टाइम्सका अनुसार गत जुलाई महिनामा अमेरिकाले यसै विषयलाई लिएर सिन्चियाङको आर्थिक तथा अर्धसैनिक संस्था सिन्चियाङ प्रडक्सन एण्ड कन्स्ट्रक्सन कम्पनी तथा यसका दुई वरिष्ठ अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको थियो । उनीहरुले वीगर मुस्लिममाथि संस्थागत मानव अधिकार हननका लागि चीनलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

अमेरिकाले महामारीको क्रममा वीगर मुस्लिममाथिको अत्याचार बढेको बताएको छ । चीनले भने अमेरिकाको सबै मानव अधिकार उल्लंघनको आरोप अस्वीकार गर्दै आएको छ । यसैबीच अमेरिकाले सिन्चियाङका पाँच निर्यात कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेको छ । मानव अधिकारको उल्लंघन गरी श्रम शोषणबाट उत्पादन गरिएका सामग्री निर्यात गरेको भन्दै उक्त कम्पनीहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

हङकङको नयाँ सुरक्षा कानुन

कोरोना भाइरसको महामारी चल्दै गर्दा चीनले हङकङको लागि गत जुन महिनाको अन्तिममा नयाँ सुरक्षा कानुन ल्यायो । यो कानुनले हङकङका नागरिकलाई दिँदै आएको स्वन्त्रता खोसिने भन्दै बेलायत र अमेरिका तथा अन्य मुलुकहरुले विरोध गर्दै आएका छन् । हङकङमा प्रजातन्त्रका पक्षधरहरुको आन्दोलन चलिरहेको अवस्थामा चीनले हङकङमाथि दबाब बढाउन यस्तो कानुन ल्याएको हो । यो कानुनमा मानिसहरुमा विभाजन ल्याउने, घृणा फैलाउने, विदेशी संगठनसँग साँठगाँठ राख्नेलगायतका काम गर्नेलाई सजायको व्यवस्था गरिएको थियो । यसअघि हङकङमा यस्तो कुनै पनि व्यवस्था थिएन ।

ताइवान

चीनले ताइवानलाई आˆनो हिस्सा मान्दै आएको छ । ‘एक चीन’ नीति अन्तर्गत चीनले ताइवानलाई आˆनो हिस्साको रुपमा मान्दै आएको छ । तर, ताइवान भने आफूलाई एक छुट्टै मुलुकको रुपमा चिनाउन चाहन्छ । यसअघि पनि उसले विश्व स्वास्थ्य संगठनमा आˆनो उपस्थिति हुनुपर्ने माग गरेको थियो । तर, सफल हुन सकेको थिएन । यसपटक कोरोना भाइरसविरुद्धको लडाइँमा पाएको सफलताले भने ताइवानलाई आˆनो डब्ल्यूएचओमा आˆनो उपस्थिति आवश्यक रहेको बताउन राम्रो बहाना मिल्यो । उसले स्वास्थ्यको विषयलाई राजनीतिसँग जोडेर ताइवानलाई डब्ल्यूएचओबाट टाढा राख्न नहुने ताइवानको तर्क थियो । चीनसँगको बढ्दो तनावमा अमेरिकाले पनि ताइवानलाई साथ दियो । गत अगष्टमा अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजरले तीनदिने ताइवान भ्रमण गरे । सन् १९७९ पछि यो शीर्ष अमेरिकी अधिकारीले गरेको ताइवान भ्रमण थियो । अमेरिकाले ताइवानलाई डब्ल्यूएचओमा सामेल गराउन चीनलाई दबाब दिए पनि चीनले यो आन्तरिक मामिलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै अमेरिकाको प्रस्ताव अस्वीकार गर्‍यो ।

अमेरिकी राष्ट्रपति चुनावमा चीनको चासो

अहिले अमेरिकामा राष्ट्रपतीय निर्वाचनको सरगर्मी बढेको छ । यो निर्वाचनमा चीनले हस्तक्षेप गर्न सक्ने आशंका अमेरिकी अधिकारीले गर्दै आएका छन् । गत अगष्टमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओबि्रयनले चीनले निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘उनीहरु राष्ट्रपतिले हारेको हेर्न चाहन्छन् ।’

सन् २०१६ मा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले जित हासिल गरेसँगै अमेरिका र चीनको सम्बन्धमा चिसिँदै आएको छ । त्यसैले चीन पुनः दोहोरिएको हेर्न चाहँदैन । राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडन चीनप्रति अलि नरम मानिन्छन् ।

चीन-भारत तनाव

कोरोना महामारीको क्रममा अमेरिकासँग जस्तै, भारतसँग पनि चीनको सम्बन्धमा तनाव उत्पन्न भयो ।

विवादको सबैभन्दा महत्वपूर्ण विषय सीमा बन्न पुग्यो । मार्चदेखि नै भारतको लद्दाखमा चीनसँग जोडिएको सीमाक्षेत्रमा तनाव देखिएको थियो । त्यतिबेलादेखि शुरु भएको तनावले जुन १५ मा भने ठूलो रुप लियो । सीमा क्षेत्रमा दुवै मुलुकका सेनाबीच झडप भयो । यो झडपमा परी २० भारतीय सैनिकको मृत्यु भयो ।

यो घटनापछि भारतले चीनविरुद्ध कडा कदम चाल्ने भन्दै भारतमा टिकटकसहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्धको निर्णय गर्‍यो । जसमा अधिकांश चिनियाँ मोबाइल एप्स थिए । यद्यपि विवाद भने रोकिएन । अगष्टको अन्तिममा सीमाक्षेत्रमा पुनः झडप भयो । यसपटकको झडपमा भने मानवीय क्षति भएन । यो घटनापछि भारतले चीनलाई लक्षित गर्दै पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्धको निर्णय गर्‍यो । यसमा अधिकांश चिनियाँ एपहरु थिए ।

पछिल्लो समय भने भारत र चीनका विदेशमन्त्रीबीचको मस्कोमा बसेको बैठकले यो विवादलाई थप नचर्काउने र वार्ताको माध्यमबाट सुल्झाउने सहमति गरेका छन् । यसले दुई मुलुकको विवाद साम्य हुने आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment