+
+

महोत्तरीमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते ११:२४

४ असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो बेलुकी साढे ८ बजे ज १ च १८४६ नम्बरको बलेरो जिपले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय प्रमोद राय र पछाडि सवार २८ वर्षीय देव बहादुर खपाङ्गीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी किसाननगरले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका १८ वर्षीय राजभरोष महतोको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात जिप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच दाङको शान्तिनगर गाउँपालिका–३ रानीवनमा रा ३ प १०९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका ६ सुनडबरी बस्ने ५० वर्षीय आइते रोकाको मृत्यु भएको हो । उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?