+
+
Shares

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १३:५५

४ असोज, काठमाडौं । सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो ।

तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।

कोरोना भाइरसको महामारीकाबीच करीव ६ महिनापछि आन्तरिक उडान शुरु हुँदैछ । अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो ।  लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?