Comments Add Comment

प्रदेश ५ मा ११५ संक्रमित थपिए, ६०१ जना डिस्चार्ज

५ असोज, बुटवल । प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ११५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लागत रुपमा नवलपरासी पश्चिमका ५४ जना, बाँकेका ३७ जना, रूपन्देहीका ११ जना, पाल्पाका ३ जना, कपिलवस्तु, प्यूठान र रुकुम पूर्वका २–२ जना तथा दाङ र गुल्मीका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार सोमबार थपिएकासँगै प्रदेश ५ मा कुल संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ । यो संख्या देशभरको कूल संक्रमितको १४ प्रतिशत हो ।

सोमबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ छ । प्रदेश ५ मा संक्रमितको संख्या १ हजार ८ सय ३१ पुगेको छ । उनीहरु मध्ये २ सय ६१ जनामा लक्षण देखिएको छ । चारवटा कोरोना विशेष अस्पतालमा १४४ जना आइसोलेसनमा, २४ जना आईसीयूमा र ३ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन् । यस्तै १५ सय ३९ जना संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् ।

प्रदेश ५ मा आइतबारसम्म १६ सय १२ जना क्वारेन्टिनमा छन् । प्रदेश ५ मा कोरोना संक्रमितको मृत्यु हुने संख्या संख्या ५७ पुगेको छ । प्रदेश ५ मा कुल स्वाब परीक्षणमध्ये ८ प्रतिशतमा संक्रमण देखिएको, ७८ प्रतिशत निको हुने दर रहेको र मृत्युदर ०.६१ प्रतिशत रहेको मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।

नेपालमा संक्रमित निको हुने दर ७२ प्रतिशत र मृत्यु दर ०.६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलित स्वाब मध्ये ९८ प्रतिशतको रिपोर्ट आइसकेको र २ प्रतिशत अर्थात ३ हजार ४ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment