
६ असोज, काठमाडौं । बहराइनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली हिमाल आरोहणको सिलसिलामा नेपालमा छ । उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिनको क्वारेन्टिन बसाई अवधि पुरा गरी अन्ततः आरोहण अनुमति लिएको छ ।
पर्यटन विभागका अनुसार विभागले क्वारेन्टिनको अवधि पुरा गरी पीसीआर नेगेटिभ आएपछि मात्र विदेशी नागरिकलाई आरोहण अनुमति दिनेगर्छ । यो टोलीले अब मनास्लु हिमाल आरोहणमा जानेछ ।
करिब दुई महिनाको बसाई अवधिमा यो टोलीले मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछ । टोलीमा कुल १८ जना छन् ।
उनीहरुसहित शरद ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिने टोलीको संख्या दुई पुगेको छ । यसअघि नेपाली आरोहीको टोलीले अनुमति लिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4