+
+

१७ जना ट्राफिक प्रहरी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १९:२८

६ असोज, काठमाडौं । आफ्नो पदीय जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने १७ जना ट्राफिक प्रहरी मंगलबार सम्मानित भएका छन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरसः पालना गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको हो ।

महाशाखामा एक कार्यक्रमको आयोजना गरी एसएसपी भिम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्रले उनीहरुलाई सम्मान गरेका हुन् ।

सवारी नियम उल्लङ्घन गर्ने चालक÷सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा पनि त्यसको बेवास्ता गर्दै नियम उल्लङ्घन गर्नेमाथि नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?