Comments Add Comment

चेल्सीले रेन्सका गोलकिपर मेन्डी अनुबन्ध गर्ने

६ असोज, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब रेन्सबाट गोलकिपर एडुअर्ड मेन्डीलाई अनुबन्ध गर्ने प्रकिया अन्तिम चरणमा पुर्‍याएको छ ।

रेन्सका गोलकिपर एडुअर्ड मेन्डीले चेल्सी जानका लागि स्वास्थ्य परीक्षण गराएका छन् । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले यसको पुष्टि गरेका छन् ।

२८ वर्षीय सेनेगलका गोलकिपरले अब चेल्सीमा पहिलो रोजाईका लागि कीर्तिमानी खेलाडी केपा अरिजाबालगासंग प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार भएको खेलमा केपाकै गल्तीमा चेल्सी लिभरपुलसंग २-० ले पराजित भएको थियो ।

‘हामी यस प्रतिस्पर्धाको लागि मेन्डी ल्याएका छौं,’ लाम्पार्डले भने, ‘मलाई थाहा छैन लामो समयसम्म के फाइदा हुन्छ, फुटबल तपाईको हातमा छ । प्रतिस्पर्धा नियमित चीज हो । टीममा पर्नु सबैको हातमा हुन्छ ।’

लगातारको कमजोरी देखिएपछि केपा गत सिजन एफए कप फाइनल लगायत खेलमा ड्रप भएका थिए । त्यसपछि २५ वर्षीय केपालाई ३८ वर्षीय विली काबालेरोले प्रतिस्थापन गरेका थिए ।

चेल्सीले मेन्डीलाई अनुबन्ध गर्न यसअघि पनि प्रयास गरेको थियो । मेन्डीले सन् २०१९ मा लिग २ टिम रेन्सबाट लिग १ टिम रेन्समा पुगेपछि २५ खेल खेलेका छन् ।

गत सिजन मेन्डीले रेन्सका लागि ९ खेलमा क्लिनसिट राखेका थिए । उता केपाले चेल्सीका लागि ३३ खेलमा ८ क्लिनसिट राखेका थिए ।

मेन्डीको सेभ प्रतिशत ७६.३ थियो र उनले हरेक ११४ मिनेटमा गोल ब्यहोरेका थिए । उता केपाको सेभ प्रतिशत ५३.५ रहँदा उनले हरेक ६३ मिनेटमा गोल ब्यहोर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment