Comments Add Comment

 महिला क्रिकेटर पहिलो पटक क्रिकेट संघको केन्द्रीय सम्झौतामा

Photo Credit : फाइल तस्वीर

काठमाडौं । नेपाली महिला क्रिकेटर पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समेटिएका छन् । क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले पुरुषका साथै महिला क्रिकेट टिमको वर्गिकरण पनि गरेको हो ।

महिलातर्फ ग्रेड मा ५ जना छन् बी ग्रेडमा ८ र सी ग्रेडमा ६ जना समावेश गरिएको छ । यद्यपि पारिश्रमिक पुरूषको तुलनामा धेरै कम छ ।

महिलातर्फ ए ग्रेडमा पर्ने खेलाडीले १५ हजार, बी ग्रेडमा पर्ने खेलाडीले १२ हजार र सी ग्रेडमा पर्ने खेलाडीले मासिक १० हजार पाउनेछन् ।

जबकी पुरुषतर्फ ए ग्रेडमा पर्नेले ५० हजार बी ग्रेडमा पर्नेले ४० हजार र सी ग्रेडमा पर्नेले ३० हजार पाउने छन् ।

केही दिनअघि आइसीसीले सन् २०१९ को तलब क्यानमार्फत उलब्ध गराउँदा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडका खेलाडीले ३५ हजार सी ग्रेडका खेलाडीले २५ हजार प्राप्त गरेका थिए । सन् २०१७ र २०१८ मा पाएको तलबमा क्यानले १० हजार बढाउन सिफारिस गरेअनुसार यो रकम दिइएको थियो । क्यानले यसमा पनि ५/५ हजार बढाएर सम्झौता गर्ने निर्णय गरेको छ ।

क्यानको बोर्ड बैठकले यही असोज २८ गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ । साथै खेलाडीको वीमाको लागिका लागि कोषाध्यक्ष रोशन सिंहको संयोजक्तमा तीन सदस्यीय समिति बनाएको छ ।

सम्झौतामा परेका १९ खेलाडी

ए ग्रेड : रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर, करुणा भण्डारी

बी ग्रेड : ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर

सी ग्रेड : कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सोभा आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment