
१२ असोज, काठमाडौं । नुवाकोटमा पत्रकारबीच भएको झगडा प्रहरीसम्म पुगेको छ ।
नुवाकोटका पत्रकार शिव देवकोटामाथि आक्रमण गरेको अभियोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सचिव जगदिश खनाल पक्राउ परेका छन् ।
नुवाकोटका एसपी तुलबहादुर कार्कीका अनुसार खनालसहित कपिलदेव खनाल र सदस्य सुजित भण्डारीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेको थियो । विपक्षी मध्ये एक पक्राउ परिसकेको र अन्य दुई जनाको खोजी कार्य जारी रहेको कार्कीले बताए ।
प्रहरीका अनुसार घटना ५ असोजमा रातिको समयमा भएको हो । स्वास्थ्य परीक्षणमा देवकोटाको करङ फ्याक्चर भएको पाइएको कार्कीले बताए । आक्रमणमा परेका पत्रकार प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4