+
+

कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते ११:३१

१३ असोज, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख एक हजार ६४६ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाको कारण एक लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोनाबाट ९६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने मेक्सिकोमा पनि ७६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन करोड ३३ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित फेला परेको अमेरिकामा ७१ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने भारतमा ६१ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाखभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । रुसमा पनि ११ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।

अहिलेसम्म विश्वभर दुई करोड ३१ लाख कोरोना संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?