+
+
Shares

एनसेलको पेएजयूगो डेटा अब प्रतिएमबी ४० पैसामै पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १९:४९

१४ असोज, काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले साप्ताहिक पेएजयूगो योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकले कर बाहेक प्रतिएमबी ४० पैसामै सेवा प्रयोग गर्न सक्छन्।

यो योजना बुधबारदेखि लागू भएको छ। पेएजयूगो अर्थात मेन ब्यालेन्सबाटै प्रतिएमबी कर बाहेक २ रूपैयाँमा डेटा सेवा प्रयोग गर्न सकिन्छ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ।

यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा पेएजयूगो शुल्क प्रतिएमबी २ रूपैयाँ पर्दछ।

एक हप्तामा ग्राहकले २० देखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ रूपैयाँ झर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?