+
+
Shares

सरकारी निर्णय मिचेर विद्यालय खोले कारबाही गर्ने प्रशासनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते २०:००

१५ असोज, काठमाडौं । मन्त्रिपरिषद्को निर्णय विपरीत आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको अनलाइनखबरलाई बताए ।

बुधबार गरिएका परिपत्रमा सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी भएको भनिएको छ । महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन गरिन थालेपछि अभिभावकको पनि गुनासो आएको बताउँदै दाहालले सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न आग्रह गरे ।

सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गर्छ भने त्यो कारबाहीको विषय भएको दाहालले बताए । ‘कसैले सरकारको निर्णय बर्खिलाप गरेर एकलौटी विद्यालय सञ्चालन गर्न खोज्छ भने त्यो दण्डनीय छ,’ उनले भने ।

दाहालका अनुसार उपत्यकामा लागू गरिएको जोरविजोर प्रणालीलाई पनि कडाइका साथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?