+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गुगल मिटलाई निःशुल्क बनाइराख्ने गुगलको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते ७:३०

काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ । विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगल मिटको निःशुल्क अनलिमिटेड सेवालाई निरन्तरता दिने घोषणा गुगलले गरेको हो ।

कोरोना संकटकालको विद्यमान समयमा विश्वका करोडौँ मानिसहरु गुगल मिट तथा जूम जस्ता भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुमा भर परिरहेका छन् । अफिसको कामका लागि होस् वा विद्यार्थीहरुको पढाइका लागि यी प्लाटफर्महरु निकै उपयोगी बनिरहेका छन् । यस्तो बेला केहीदिन अघि गुगलले आफ्नो गुगल मिट प्लाटफर्ममा निःशुल्क सेवालाई १ घण्टामा सीमित गर्ने घोषणा गरेपछि प्रयोगकर्ताहरु निराश भएका थिए । ३० सेप्टेम्बरदेखि लागू हुने भनिएको उक्त निर्णयलाई अन्ततः गुगलले उल्टाएको छ ।

एक विज्ञप्ती जारी गर्दै गुगलले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिटमा प्रयोगकर्ताहरुले ६० मिनेटभन्दा धेरै अर्थात् २४ सै घण्टासम्म निरन्तर भिडियो कल गर्न सक्ने घोषणा गरेको हो ।

बुधबार सेप्टेम्बर ३० मा एक ब्लग पोष्टमार्फत् गुगलले उक्त जानकारी गराएको हो । आसन्न विभिन्न चाडहरुको मौसमका बेला सवारी साधनहरुको आवागमन सीमित हुने अवस्था, विवाहको मौसम तथा शैक्षिक गतिविधिलाई जीवन्त राख्नका लागि गुगल मिटमा निःशुल्क अनलिमिटेड भिडियो कन्फ्रेन्सिङलाई निरन्तरता दिने निर्णय गरिएको जनाएको छ ।

गुगलका अनुसार निःशुल्क अनलिमिटेड सेवा सन् २०२१ को मार्च ३१ सम्म जारी रहनेछ ।

कुनै पनि प्रयोगकर्ताले जिमेल अकाउन्टका माध्यमबाट कुनै रोकावटविना गुगल मिट प्रयोग गर्नसक्ने गुगलको भनाइ छ । यद्यपि गुगलको प्रिमियम सेवा अर्थात् जी शूटका प्रयोगकर्ताहरु सरह २ सय ५० जना सहभागी तथा एकै डोमेनमा १ लाख मानिससामु लाइभ स्ट्रिमिङ्ग गर्न सकिने सुविधाचाहिँ गुगल मिटको निःशुल्क प्रयोगकर्ताहरुले गर्न पाउने छैनन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?