Comments Add Comment

जन्मदिनमा परमिता भन्छिन्–‘भौतिकवादी चिजले दिने खुशी क्षणिक रहेको वुझेँ’

नायिका परमिता आर एल रानाले आफ्नो २७ औं जन्मदिन पखोला गाउँमा रहेको श्री कालीदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग मनाएकी छिन् । उनले विद्यार्थीहरुलाई पुस्तक, कपी, कपडा वितरण गरेकी थिइन् ।

परमिताले विद्यार्थीहरुसँग जन्मदिन मनाउन पाउँदा आफ्नो मन खुशी भएको र उनीहरुलाई देखेर आफू शान्त भएको पनि उल्लेख गरेकी छिन् । परमिता भन्छिन्–‘मैले पछिल्ला केही महिनाहरुमा भौतिकवादी चिजहरुले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महशुश गरे । र आखिरमा हाम्रो जीवनमा यसले केही महत्व नै राख्दैन भन्ने वुझेँ । मरेर लैजानु केही पनि छैन । सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सवैभन्दा ठूलो धर्म हो । म मेरो जीवनको उद्देश्य भेट्याउँदै छु र यसैतर्फ लम्किदै छु ।’

नायिका रानाले आफूले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने निर्णय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment