Comments Add Comment

दुर्गम ठाउँ उडेर जान बन्यो जेट सुट

१९ असोज, काठमाडौं । दुर्गम तथा पुग्न कठिन हुने स्थानमा सहजै पुग्न बेलायतको एक कम्पनीले जेट सुट निर्माण गरेको छ ।

जीएनएएएस र ग्र्याभिटी इन्डस्ट्रिले एक वर्षको वार्तापछि लेक डिस्ट्रिक्टमा यसको परीक्षण शुरु गरेको हो । यो सुट लगाएपछि अग्लो पहाड उडेर केही मिनेटमै चढ्न सकिन्छ ।

बेलायतमा ग्रेट नर्थ एयर एम्बुलेन्स सर्भिसले जेट सुटको प्रयोग गरेर उद्धारकर्तालाई जेट सुटको माध्यमबाट उद्धारकर्तालाई बिरामी भएको स्थानमा छिटै नै पुर्‍याउन यो प्रविधिको परीक्षण गरेको हो । यो जीएनएएएसमा यो अभियानका निर्देशक एन्डी मावसनले अहिले निर्माण गरिएको सुट निकै महत्वपूर्ण रहेको बताए । उनले पैदल हिँडेर ३० मिनेट लाग्ने पहाड यसको सहयोगमा दुई मिनेटमा पुग्न सकिने बताए ।

पहाडी क्षेत्रमा यातायातको असुविधा तथा पुग्न कठिन हुने भएकाले त्यस्तो स्थानमा बस्ने मानिसहरुका लागि अत्यावश्यकीय स्वास्थ्य सेवा दिन सजिलो हुन्छ । त्यसका साथै पहाडमा यात्रा गर्दै गर्दा कुनै किसिमको खुट्टा मर्किने वा कुनै समस्या परेको अवस्थामा पनि उनीहरुलाई आवश्यक सहयोग लिएर जान यो सुट उपयुक्त हुने उनको भनाइ छ ।

कहिलेकाहीँ जीवनमरणको दोसाँधमा रहेको बिरामीहरुलाई पनि सही समयमा उपचारको लागि यो सुटको प्रयोग निकै महत्वपूर्ण हुन सक्ने यो सुट निर्माताहरुले बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment