+
+

प्रदेश ५ : राजधानीको विषयमा ३ सांसदले दिएनन् मत

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असोज २० गते १६:५०

२० असोज, बुटवल । प्रदेश ५ को राजधानीको विषयमा मंगलबार प्रदेश सभामा भएको मतदान प्रक्रिया तीन जना सांसदले वहिस्कार गरेका छन् । जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसदले मत विभाजन प्रक्रियामा भाग लिएनन् ।

जसपाका रुपन्देहीबाट निर्वाचित सांसद सन्तोष पाण्डे र अर्घाखाँचीकी कल्पना पाण्डे लम्साल तथा राष्ट्रिय जनमोर्चाकी प्युठानकी सांसद तारा जीसीले राजधानीबारेको मतदान प्रक्रिया बहिस्कार गरेका हुन् । जनता समाजवादी पार्टीका ६ मध्ये अन्य ४ सांसदले दाङको पक्षमा मत हालेका थिए ।

तर यी दुई जनाले राजधानी रुपन्देही हुनुपर्ने भन्दै आएपनि विपक्षमा पनि मत हालेनन् । सरकारले ल्याएको प्रस्ताव उपयुक्त नभएको र विपक्षमा बहुमत नपुग्ने देखिएकाले बहिस्कार गरेको सांसद कल्पना पाण्डे लम्सालले बताइन् ।

जसपाले प्रदेशको नाम मधेश–अवध–थरुहट राख्न संशोधन प्रस्ताव दर्ता गरेपनि यी दुई सांसदले भने पार्टीको निर्णय विपरित प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा मतदान गरेका छन् ।

राजमोकी सांसद जीसीले पनि नाम लुम्बिनीका पक्षमा मत दिएकी छन् । प्रदेशसभाका ८७ जना सदस्यमध्ये वैठकमा ८६ जना उपस्थित थिए । सभामुख पूर्णबहादुर घर्तीले निर्णायक मत मात्रै दिन पाउने व्यवस्था छ ।

कांग्रेसका प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमाल बैठकमा सहभागी नभएकाले ८५ जना बैठकमा सहभागी थिए । मतदानमा ८२ जना सांसदले भाग लिएका थिए । जसमध्ये राजधानी भालुबाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?