Comments Add Comment

शरीरको रोग प्रतिरोधी क्षमता बढाउने ५ योगासन

इम्युनिटी यानी रोग प्रतिरोध क्षमता हाम्रो शरीरमा लाग्ने रोगबाट शरीरलाई जोगाउने क्षमता हो । अर्काे शब्दमा भन्दा रोग प्रतिरोध क्षमता जति बलियो हुन्छ त्यति नै हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता बढ्दै जान्छ । यस्तो अवस्थामा योगको निम्न आसनहरूले शरीरमा रोग प्रतिरोध क्षमता बढाउने गर्छ ।

ताडासन

–दुवै हातको पञ्जालाई मिलाएर या उनको बीचमा १० सेन्टिमिटरको ठाउँमा छाडेर सिधा उभिनुपर्छ ।

–हातलाई शिरको माथि उठाउनुहोस् । औंलाहरूलाई आपसमा बाँध्नुहोस् र दुवै हत्केलालाई माथिल्लोपट्टि आकाशतिर देखाउनुहोस् ।

–शिरको ठीक माथि भित्ताको एउटा विन्दुलाई हेर्नुहोस् ।

– पूरै शरीरलाई माथिदेखि तलसम्म सिधा बनाएर राखौं । श्वास लिइरहनु र केही समयको लागि यस मुद्रामा रहनुहोस् ।

–सुरुवातमा यसलाई सन्तुलनमा राख्न मुस्किल हुन सक्छ । तर अभ्यास गर्दागर्दै यो सहज हुँदै जान्छ । यदि तपाईं चाहनुहुन्छ भने आँखा बन्द गरेर पनि यो आसन गर्न सकिन्छ ।

–दैनिक यो आसन ५ देखि १० पटक गर्नुहोस् ।

भुजंगासन

–भुजंगासनको लागि आफ्नो पेटको सहयोग ले सुत्नुहोस् ।

–हत्केलालाई छातीको नजिक लैजानुहोस् । यस मुद्रामा तपाईंको हातलाई पूरा सिधा गर्नु हुँदैन ।

–ध्यान दिनुहोस्, यो मुद्रामा शिरदेखि पेटको तल्लो हिस्सालाई हावामा उठाउनुहोस् । ताकि कम्मरभन्दा तलको भागलाई भने जमिनमा नै सुताउनु पर्छ ।

–खुट्टाको औलालाई जमिनमा टेकेर जति सकिन्छ उति शरीरलाई मोडौं ।

–कुल मिलाएर पाँच पटक सास तान्ने र छाड्ने गरौं । बिस्तारै बिस्तारै यसले हाम्रो शरीरलाई लचिलो बनाउँदै लैजान्छ ।

त्रिकोणासन

–सिधा उभिनुहोस् । सास भित्र लिनुहोस् र ३.५ सेदि ४ फिटसम्म खुट्टा फट्याउनुहोस् ।

–सबैभन्दा पहिले आफ्नो दुबै हातलाई काँधको बराबर ल्याउनुहोस् ।

–आफ्नो बायाँ खुट्टालाई दायाँतर्फ मोड्नुहोस् । ताकि बायाँ खुट्टालाई थोरै अगाडि राख्नुहोस् ।

–अब बायाँ हातलाई बिस्तारै तल झार्नुहोस् । ताकि दायाँ हातले बायाँखुट्टाको औंलालाई छुन सकोस् । यही क्रममा अर्काे हातलाई भने सिधा आकाशतिर लैजानुपर्छ ।

–यही प्रक्रियालाई दुवैतर्फबाट केही पटक प्रयास गर्नुहोस् ।

–पाँच पटक लामो सास तान्ने र फ्याँक्ने गर्नुहोस् ।

मत्स्यासन

–मत्स्यासनको लागि पीठको बलले जमिनमा सुत्नुहोस् । यस क्रममा हत्केलाले जमिनलाई छुनुहोस् ।

–सास लिनुहोस् र छातीलाई जमिनबाट बिस्तारै माथि उठाउनुहोस् । आफ्नो शिरलाई पछि लैजानुहोस् । यो प्रक्रियामा टाउकोले जमिनलाई छुनु आवश्यक हुन्छ ।

–३० देखि ४० सेकेण्डसम्मको लागि यो मुद्रामा रहने कोसिस गर्नुहोस् र सामान्य रुपले सास लिनुहोस् ।

–यो स्थितिबाट बाहिर निस्कनको लागि गर्धनलाई सिधा बनाउनुहोस् र बिस्तारै पहिलेकै अवस्थामा फर्र्किनुहोस् ।

पाद अंशुष्ठासन

–यो आसनको लागि सिधा उभिनुहोस् । खुट्टामा दुई या तीन इन्चको अन्तर बनाउनुहोस् ।

–सास छोड्दै अघिल्लो पट्टि झुक्नुहोस् । यस समयमा खुट्टा मोड्नु हुँदैन ।

–खुट्टाको दुवै पञ्जालाई समाउने कोसिस गरौं ।

–आफ्नो हातको औंलाले खुट्टाको औंलालाई समातिराख्नुहोस् ।

–सास छोड्नुहोस् र आफ्नो छातीलाई माथि उठाउनुहोस् ।

–यो मुद्रा ३० देखि ४० सेकेण्डसम्म गर्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment