+
+

सनराइज बैंकको १३ औं वाषिर्कोत्सवमा नेपाल बाल मन्दिरलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १६:०६

२३ असोज, काठमाडाैं । सनराइज बैंकले आफ्नो १३ औं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरमा सहयोग गरेको छ ।

शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरकी अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलाईर् चेक हस्तान्तरण गरे ।

बैंकले सधैं झैं आˆनो वाषिर्कोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्य सामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एक लाख पचास हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्दि्रत सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता गरे ।  प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकको १३औ वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?