+

पञ्जाबमाथि कोलकाताको रोमाञ्जक जित

२०७७ असोज  २४ गते २१:३२ २०७७ असोज २४ गते २१:३२
पञ्जाबमाथि कोलकाताको रोमाञ्जक जित

काठमाडौं । किङ्ग्स इलाभेन पञ्जाबलाई १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । इंण्डियन पि्रमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकत्ता किङ्स राइडरसँग २ रनले पराजित हुन पुगेको छ ।

१८औं ओभरका दोस्रो बलमा निकोलर पुरन आउट भए । सुनिल नराइनले नयाँ ब्याट्सम्यानलाई जम्मा एक रन दिए । १९ औं ओभरमा ६ रन जोड्दा २ विकेट गुमाएको पञ्जाबका लागि अन्तिम ओभरमा १४ रन जोड्नुपर्ने भयो ।

कोलकत्ताले नराइनलाई बल थमायो । पहिलो बलमा २ रन दिएका म्याक्सवेलले दोस्रो बल डट खेले । तेस्रोमा चौका हाने । चौथो बलमा लेग बाइबाट एक रन पाएका पञ्जाबका मनदीप सिंह पाँचौं बलमा आउट हुनु पुगे । अन्तिम बलमा म्याक्सवेलले छक्का हान्न सकेको भए अझै पञ्जाबको जित सम्भव थियो ।

तर चौका मात्र हाने र कोलकत्ताले ५ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

पञ्जाब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय