Comments Add Comment

विवादमा नपरेपछि हमालको रोजाइमा वर्षा

नायक राजेश हमालले केही दिन अगाडि मात्र नायिका वर्षा सिवाकोटीसँग एउटा म्यूजिक भिडियोमा काम गरे । हमालले चलचित्रको काम सुरु नभएपछि म्यूजिक भिडियोमा काम गर्ने मन बनाएका हुन् । उनै, हमालसँग लोकगीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले काम गरिन् ।

वर्षाले भने नायक राजेश हमालसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तर, म्यूजिक भिडियोमा एकसाथ काम गर्नका लागि हमालले नै नायिका सिवाकोटीलाई रोजेका थिए । हमालको रोजाइमा नायिका सिवाकोटी किन परिन् त ? वुझिएअनुसार, कुनै पनि विवादमा नपरेको भन्दै हमालले सिवाकोटीलाई रोजेका थिए ।

हमाललाई अफर गर्न गएको ‘मञ्जरी’ गीतको टिमले विभिन्न मोडलको नाम अगाडि सारेको थियो । म्यूजिक भिडियोमा नाम चलेका मोडलहरुको नाम अगाडि सार्दा हमालले वर्षालाई रोजे । श्रोतले अनलाइनखबरसँग भन्यो–‘राजेश हमाल चलचित्र क्षेत्रका सबै कुरामा अपडेट हुनुहुदोरहेछ । कुन कलाकारको विवाद भएको थियो भन्ने पनि उहाँलाई राम्रोसँग थाहा छ । यसैले, वर्षाको कुनै विवाद नभएको भन्दै हमालले रोज्नुभएको हो ।’

कलाकारको नकारात्मक विवादले करिअरमा कती ठूलो असर पर्छ भन्ने कुरा, यो कुराले पनि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment