
२६ असोज, काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका-४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् ।
ज्वरो र श्वासप्रश्वासको समस्या भएकी उनको सोमबार दिउँसो सवा एक बजे मृत्यु भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
वृद्धामा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4