+
+

बालुवाटारमा थाल ठटाएर पत्रकारको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १६:०६

२७ असोज, काठमाडौं । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र कानुन नमान्ने सञ्चार गृहको नाम सावैजनिक गर्न माग गर्दै पत्रकारहरुले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमा थाल ठटाएर प्रदर्शन गरेका हुन् ।

उनीहरुले कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई ती सञ्चारगृहलाई कानुनी कारबाही गर्न माग गरेका थिए ।

उनीहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगरी सरकार कहाँ छ भनी प्रश्न समेत गरेका थिए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?