+
+

कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १९:२७

२७ असोज, कैलाली । कञ्चनपुरमा करेन्ट लागेर मंगलबार एक युवकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीका २० वर्षीय दिनेश साउदको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नो पसलमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साउदको महाकाली अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता  एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?