+
+

आईसीयू अभावमा अर्घाखाँचीका संक्रमितको मृत्यु, बुटवलमा पनि एक महिलाको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते ११:१५

२९ असोज, काठमाडौं । रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ ।

उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?