+
+
Shares

घान्द्रुकमा मंसिर पहिलो हप्तासम्म पर्यटकलाई प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ८:५४

२९ असोज, काठमाडौं । कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।

मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?