+
+

‘अंगुर’को रिमेकमा रणवीरसँग पूजा र ज्याकलिनको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ९:५९

चलचित्र ‘सूर्यवंशी’ रिलिजको प्रतिक्षामा रहेका निर्देशक रोहित सेट्टी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।

सन् १९८२ मा निर्माण भएको चलचित्र ‘अंगुर’को रिमेक बनाउने तयारीमा रोहित छन् । यो चलचित्रका लागि उनले संजिव कुमारको स्थानमा रणवीर सिंहलाई फाइनल गरेका छन् । रणवीरसँग रोहितले चलचित्र ‘सिम्बा’मा काम गरेका थिए ।

अब, यो चलचित्रका लागि नायिका पनि फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायिकाको रुपमा ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले काम गर्ने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रोहितले ‘अंगुर’को कथालाई आधुनिक शैलीमा ढालिरहेका छन् । यो चलचित्रमा रणवीर सिंहको दोहोरो भूमिका हुनेछ । सन् २०१५ मा रोहितले यो चलचित्रका लागि नायक साहरुख खानलाई अफर गरेका थिए । तर, सो समयमा यो चलचित्र बन्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?