+
+
Shares

के हो आस्टियोपोरोसिस रोग ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते ११:४१

हड्डी सम्बन्धी रोग हो, अस्तियोपोरोसिस । यसको जटिलता के छ भने, हड्डी कमजोर हुँदै जान्ने र भाँचिने भय रहन्छ । जबकी यो समस्या पुरुषको तुलनामा महिलालाई हुनेगर्छ । ५० बर्ष पार गरेसँगै हरेक तीन महिलामा एक जनालाई यस्तो समस्या हुने चिकित्सकहरुले बताएका छन् । विभिन्न अध्ययनमा के पाइएको छ भने आस्टियोपोरोसिसकै कारण विश्वमा हरेक तीन मध्ये एक महिला तथा पाँच मध्य एक पुरुषलाई आस्टियोपोरोसिसका कारण हड्डी भाँचिने जोखिम बढ्ने गर्छ ।

जब अस्टियोपोरोसिसले च्याप्न थाल्छ, हड्डी सिथिल र कमजोर हुन्छ । आस्टियोपोरोसिस भएमा नयाँ कोषिकाको निर्माण तीव्र गतिमा हुन पाउदैन, जुन गतिमा पुराना कोषिका बद्लिन जरुरी छ । नतिजा, हड्डी कमजोर हुँदै टुट्न थाल्छ ।

यस्तो समस्या बढ्नुमा अहिलेको हाम्रो जीवनशैली पनि जिम्मेवार छ । जथाभावी खानपान, एकै स्थानमा लामो समय बस्ने बानी, व्यायामको कमी, अत्याधिक जंकफुडको सेवन ।

आस्टियोपोरोसिस भएमा के हुन्छ ?

आस्टियोपोरोसिस हड्डी कमजोर हुने रोग हो । यो रोग लागेमा हड्डीको गुणस्तर तथा घनत्व कम हुँदै जान्छ । क्याल्सियम, फोस्फोरस तथा प्रोटिन बाहेक शरीरको हड्डी विभिन्न प्रकारको मिनरल्सद्वारा बनेको हुन्छ । तर गलत खानपान, अव्यवस्थित जीवनशैलीका तथा बढ्दो उमेरसँगै हाम्रो शरीरबाट यस्ता तत्व नष्ट हुन थाल्छ, जसका कारण हड्डीका घनत्व कम हुन्छ थाल्छ र हड्डी कमजोर हुँदै जान्छ ।  कतिपय अवस्थामा हड्डी यति कमजोर हुन्छ कि सानोतिनो चोटले पनि हड्डी भाँचिने हुन्छ ।

किन यस्तो हुन्छ ?

आस्टियोपोरोसिसको समस्या विभिन्न कारणले हुने गर्छ । यसमा वंशानुगत कारणदेखि पोषक तत्वको कमीसम्म छन् ।

वंशाणुगत, प्रोटिनको कमी, भिटामिन डी तथा क्याल्सियमको कमी, मधुमेह, थायराइड, व्यायामको कमी, धुमपान, मदिरापान तथा उमेरका कारण पनि यो रोग लाग्ने गर्छ । त्यसबाहेक, अधिक मात्रामा चिसो पेय पदार्थको सेवन, अधिक मात्रामा नुनको सेवन तथा महिलाहरुमा महिनावारी छिटै सुक्ने कारणले पनि यो रोग लाग्ने गर्छ । बाथरोग, युरिक एसिड, बव्जियत, गैस्ट्रिक, प्यारालैसिस, पार्किन्सन्स, मृगौला तथा कलेजोको समस्या, रगत सम्बन्धि रोग, क्यान्सर लगायतका कारण पनि आस्टियोपोरोसिस हुने गर्छ ।

कसरी थाहा पाउने ?

साधारणतया आस्टियोपोरोसिसका खासै लक्षण देखिदैन । तर कसैलाई ससाना चोट लाग्दा पनि हड्डी भाँचिन्छ,  हातगोडामा बढी पीडा महसुस हुन्छ भने त्यो आस्टियोपोरोसिसको संकेत हो ।

आस्टियोपोरोसिस भएमा शरीर चाडै थाक्ने, हातखुट्टामा पिडा हुने र त्यो पीडा बढ्ढै जाने, हातखुट्टा बांगिने गर्छ । त्यस्तै, कम्मर मुनीको भाग दुख्ने, गर्दन दुख्ने गर्दछ ।

रोकथामका उपाय  

नियमित व्यायामको माध्यमबाट आस्टियोपोरोसिसको रोकथाम गर्न सकिन्छ । त्यस्तै, पोषिलो खानपान, स्वस्थय जीवनशैली, हिडडुलमार्फत पनि यो रोगलाई लाग्नबाट बचाउन सकिन्छ । त्यस्तै, बोन डेनसिटी टेक्ष्ट (हड्डीको घनत्वको जाच) बाट पनि यो रोग भए नभएको पत्ता लगाउन सकिने भएकोले समयमै यसको पहिचान गरेको अवस्थामा आस्टियोपोरोसिसका कारण हुन सक्ने सम्भाव्य परिणामलाई समस्यामै रोकथाम गर्न सकिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?